कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, १३ : १४
कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

बाँके । बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आज बिहान ३९ वर्षीय थारुको निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताए । 

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका  कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।