बर्दियाका कोरोना सङ्क्रमितको मृत्यु

रासस

मंगलबार, ०६ असोज २०७७, २० : ५९
बर्दियाका कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको  मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।  

यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु  हुने पाँच जना पुगेका छन् ।  यसअघि कैलाली, अछाम, अर्घाखाँची र  सुर्खेतका  कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस