नेपालमा थप २ जनाको मृत्यु, १ हजार ३५६ जना संक्रमित थपिए, ८२३ जना निको भए

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, १६ : ३९
नेपालमा थप २ जनाको मृत्यु, १ हजार ३५६ जना संक्रमित थपिए, ८२३ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४२९ पुगेको छ । यस्तै आज थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८२३ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । जसमध्ये ४७ हजार ६१ जना निको भएर घर फर्किएका छन् ।