काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको छ ।
घरैबाट परीक्षा
यस क्रममा पूर्वाञ्चल विश्वविद्यालयले असोज दोस्रो साताबाट नियमिततर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा यस पटक अनलाइनबाट लिने गरी तय भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले जानकारी दिनुभयो । विश्वविद्यालयले यसलाई वैकल्पिक विधि अर्थात् निश्चित समयमा घरबाट दिने परीक्षाबाट लिने भएको हो । यो परीक्षा नियमिततर्फ सेमेस्टरमा
अध्ययनरत विद्यार्थीका लागि मात्रै रहेको जनाइएको छ ।
विश्वविद्यालय तथा कलेजका कक्षाकोठामा पठनपाठन खोल्ने अनुमति हाल नभएकाले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरिएको जानकारी विश्वविद्यालयका अधिकारीहरूले दिएका छन् । विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदा यसअघि कक्षा कोठामा दिएजतिकै समय विद्यार्थीलाई दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ असोज २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा
कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी
कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ : बोर्ड
परीक्षा बोर्डले भन्यो- एसईई २०८२ को रजिस्ट्रेसन फारम भर्नुस्
कक्षा १२ को परीक्षा सर्यो