नेपालमा थप १६ जनाको मृत्यु, १ हजार १५४ जना संक्रमित थपिए, १ हजार ५ जना निको भए

सफल खबर संवाददाता

सोमबार, ०५ असोज २०७७, १६ : २०
नेपालमा थप १६ जनाको मृत्यु, १ हजार १५४ जना संक्रमित थपिए, १ हजार ५ जना निको भए

काठमाडौं । नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । यस्तै आज थप १ हजार १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ५ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । जसमध्ये ४७ हजार २३८ जना निको भएर घर फर्किएका छन् ।