काठमाडौं । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ ।
वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
एकै पटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिँदै उहाँले कोरोना सङ्क्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित बनेको बताउनुभयो ।
अत्याश्यक बाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ असोज २०७७, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरमा एक दम्पती मृतावस्थामा फेला
तास खेलिरहेको अवस्थामा २४ जना पक्राउ
होम आईसोलेसनमा बसेका कोरोना संक्रमित एक पुरुषको मृत्यु
एनसेलले सुरु गर्यो नयाँ च्याटबोट सेवा ‘माया’
तराईमा अत्याधिक चिसोले ४ जनाको मृत्यु
रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि