नेपालमा थप १० जनाको मृत्यु, १ हजार ३२५ जना संक्रमित थपिए, ९६६ जना निको भए

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १६ : ३६
नेपालमा थप १० जनाको मृत्यु, १ हजार ३२५ जना संक्रमित थपिए, ९६६ जना निको भए

काठमाडौं । नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४११ पुगेको छ । यस्तै आज थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९६६ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । जसमध्ये ४६ हजार २३३ जना निको भएर घर फर्किएका छन् ।