शेरधन राई श्रीमान रहेको बताउने बालिका पक्राउ

रासस

आइतबार, ०४ असोज २०७७, १३ : २०
शेरधन राई श्रीमान रहेको बताउने बालिका पक्राउ

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको बताउने बालिका खड्का पक्राउ परेकी छिन् । उनी आज कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी हुन् । 

बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषणा गरेको खड्काले आरोप लगाउँदै आएकी थिइन् ।

यसअघि उनले राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी थिइन् । केही दिनअघि प्रमाण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको बालिकाले अरोप लगाउँदै आएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस