मकवानपुर । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–९ रजैयामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दीपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नंको मिनीबस र विपरीत दिशातर्फ जाँदै गरेको ना ४९ प २४०० नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको हो ।
प्रवक्ता रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मिनीबस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ असोज २०७७, १७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु