जम्मु र कश्मीरका लागि प्याकेज घोषणा

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, १५ : ३२
जम्मु र कश्मीरका लागि प्याकेज घोषणा

एजेन्सी । नरेन्द्र मोदीले शनिबार जम्मु र कश्मीर राज्यका लागि १ हजार ३ सय ५० करोडको प्याकेज घोषणा गरेका छन् । यस राज्यका उपराज्यपाल मनोज सिन्हाले राहत प्याकेजबाट निकै खुसी लागेको बताए । 

उनले यस घोषणासँगै आर्थिक कठिनाई सामना गरिरहेको राज्यको अर्थतन्त्र उस्कने आशा व्यक्त गरे । उपराज्यपाल सिन्हाले एक वर्षसम्म बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट दिने घोषणा पनि गरे ।

त्यस्तै सबै ऋणीहलाई मार्च २०२१ सम्म जरिवाना तथा अतिरिक्त शुल्क मिनाह गरिने गरिने पनि उनले बताए  । त्यस्तै, सरकारले पर्यटन, स्वास्थलगायत क्षेत्रमा पनि सुधार गर्नेगरी प्याकेज अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस