काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १६ : ४३
काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण देखिएको हो ।