नेपालमा थप ७ जनाको मृत्यु, २ हजार २० जना संक्रमित थपिए, ८७१ जना निको भए

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १६ : ३१
नेपालमा थप ७ जनाको मृत्यु, २ हजार २० जना संक्रमित थपिए, ८७१ जना निको भए

काठमाडौं । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३९० पुगेको छ । यस्तै आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८७१ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । जसमध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किएका छन् ।