एकैदिन २ हजार २० जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ६१ हजार ५९३ नाघ्यो

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १६ : २५
एकैदिन २ हजार २० जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ६१ हजार ५९३ नाघ्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । जसमध्ये ४३ हजार ८२ जना निको भएर घर फर्किएका छन् ।