पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १२ : १०
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा

चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ ।  तीन ठाउँमा पहिरो जाँदा बिहानै देखि यो सडक खण्ड अवरुद्ध बनेको थियो ।  चितवन जिल्ला प्रहरी कार्यालयले बिहान १० बजेपछि दुईतर्फी नै बाटो खुलेको जानकारी दिएको हो ।

नारायणगढ(मुग्लिन सडकको १४ किलो, १७ किलो र घुमाउनेमा पहिरो जाँदा बिहान पौने ६ बजेदिखि बाटो अवरूद्ध भएको थियो । पछिल्लो समय लगातारको वर्षापछि नारायणगढ(मुग्लिन सडकखण्डमा दिनहुँजसो पहिरो गएर यातायात अवरुद्ध हुने गरेको छ । पहिरोसँगै झरेको लेदोले  करिब १०० मिटर सडक ढाकिएको थियो । 

प्रतिक्रिया दिनुहोस