चितवन रत्ननगरका मेयर वनलाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, ११ : ४१
चितवन रत्ननगरका मेयर वनलाई कोरोना संक्रमण पुष्टि

चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड ल्याबमा उनले स्वाबको परिक्षणका लागि थिए । तर त्यही स्वाब चितवन मेडिकल कलेजको ल्याब पुगेर परिक्षण हुँदा मयेर वनमा संक्रमण पुष्टि भएको हो ।

मेयर वनले भदौ २८ गते परिक्षणको लागि दिएको स्वाबको रिपोर्ट ५ दिन पछि आएको थियो । नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब परिक्षणको लागि दिएको र अहिले स्वावस्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । 
उनी अहिले घरकै आइसोलेसनमा बसिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस