काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १६ : ४२
काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका ५०७, ललितपुरका ६१, भक्तपुरका ५० जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस