नेपालमा थप ४ जनाको मृत्यु, १ हजार २४६ जना संक्रमित थपिए, १ हजार २४३ जना निको भए

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १६ : ३६
नेपालमा थप ४ जनाको मृत्यु, १ हजार २४६ जना संक्रमित थपिए, १ हजार २४३ जना निको भए

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ । यस्तै आज थप १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार २४३ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । जसमध्ये ४२ हजार ९४९ जना निको भएर घर फर्किएका छन् ।