एकैदिन १ हजार २४६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५९ हजार ५७३ नाघ्यो

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १६ : २५
एकैदिन १ हजार २४६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५९ हजार ५७३ नाघ्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । जसमध्ये ४२ हजार ९४९ जना निको भएर घर फर्किएका छन् ।