नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १० : ३७
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० वजे पहिरो खसेको थियो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै बिहान ८ः४० बजेबाट सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस