नेपालमा थप ८ जनाको मृत्यु, १ हजार ५३९ जना संक्रमित थपिए, १ हजार ६८ जना निको भए

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १६ : ३३
नेपालमा थप ८ जनाको मृत्यु, १ हजार ५३९ जना संक्रमित थपिए, १ हजार ६८ जना निको भए

काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा महिला ४ र पुरुष ४ जना रहेका छन् । 

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३७९ पुगेको छ । यस्तै आज थप १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ६८ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । जसमध्ये ४१ हजार ७०६ जना निको भएर घर फर्किएका छन् ।