संवैधानिक आयोगको रिक्त पदमा भोलि सत्तापक्ष र प्रतिपक्षबीच छलफल गर्ने ओली–प्रचण्डबीच सहमति

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १६ : ११
संवैधानिक आयोगको रिक्त पदमा भोलि सत्तापक्ष र प्रतिपक्षबीच छलफल गर्ने ओली–प्रचण्डबीच सहमति

काठमाडौं । संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा भोलि बिहीबार सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच छलफल हुने भएको छ । 

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बुधबार भएको भेटले प्रतिपक्षी दलसँगको छलफल तय गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोगमा नियुक्तिको विषयमा बालुवाटारमा छलफल हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस