नेकपा प्रवक्ता श्रेष्ठको पहलमा कोभिड १९ स्वयंसेवा गठन

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १६ : ५४
नेकपा प्रवक्ता श्रेष्ठको पहलमा कोभिड १९ स्वयंसेवा गठन

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड १९ स्वयंसेवा गठन गरेका छन् ।

श्रेष्ठको निजी सचिवालय अन्तरगत गठित कोभिड १९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिने बताइएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार स्वयं सेवाको कामलाई प्रभावकारी बनाउन र्‍यापिड रेस्पोन्स टिम र उपसमिति बनेको छ । आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समेत समन्वय गर्नेछ ।

श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । साथै सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस