बितेको २४ घण्टामा नेपालमा थपिए एक हजार ३९ जना संक्रमित, थप नौ जनाको मृत्यु, निको हुने पुगे एक हजार एक सय ७३ जना

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १६ : २८
बितेको २४ घण्टामा नेपालमा थपिए एक हजार ३९ जना संक्रमित, थप नौ जनाको मृत्यु, निको हुने पुगे एक हजार एक सय ७३ जना

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा एक हजार ३९ जना संक्रमित संक्रमित थपिएका छन् । गत २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणमुक्त हुनेहरु एक हजार एक सय ७३ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या ५४ हजार १ सय ५९ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेहरु ३८ हजार ६ सय ९७ छन् । हालसम्म कोरोनाबाट नेपालमा तीन सय ४५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस