काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस रोग ९कोभिड–१९० को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक तथा रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ ।
पछिल्लो पटक निकै प्रयोगमा आएको गुर्जो
डा. पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश ५ मा एक सय जनामा विभिन्न जडीबुटीको मिश्रण गरेर बनाइएको औषधिको ‘क्लिनिकल ट्रायल’ गरिँदै छ । ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइनेछ र ५० जनालाई दिइने छैन,’ उनले भने, ‘त्यसपछि के नतिजा प्राप्त हुन्छ हेरौं । विभिन्न आयुर्वेदिक औषधि प्रयोगमा ल्याएर बिरामी निको भएको पाएका छौं । त्यसैले हामी प्रतिफल राम्रो आउँछ भन्नेमा सकारात्मक छौं ।’
उनका अनुसार कोभिड–१९ का विरुद्धमा प्रयोग भइरहेको नेपालमै पाइने जेठीमधु र त्रिकटु ९सुठो, पिप्ला र मरीच० मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिले परीक्षणका लागि अनुमति पाएको हो । जेठीमधु र त्रिकटु नै रोज्नुको कारण खुलाउँदै उनले भने, ‘यी औषधिहरू चीनमा पनि परम्परागत औषधिका रूपमा प्रयोग भइसकेका छन् । सार्स रोगको उपचारमा प्रयोग गर्दा यी औषधिमा पाइने रासायनिक तत्त्व ‘ग्लिसिराइजिन’ ले भाइरसलाई मार्न सफल भएको भन्ने अध्ययन पनि छ । यो भाइरस पनि त्यही परिवारअन्तर्गतको हो ।’
डा। पटेलका अनुसार यो औषधि नयाँ भने होइन । ‘सदियौंदेखि प्रयोग हुँदै आएको औषधि हो । घाँटी खसखस गर्दा, रुघाखोकी लाग्ने समस्या यसले निको पार्छ । त्रिकटुले जीउ दुखेमा निको पार्नुका साथै भोक पनि जगाउँछ,’ उनले भने । यी औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीको अवस्था गम्भीर नहोस् भनेर दिइने गरिन्छ । ‘विभिन्न आइसोलेसन र आयुर्वेदिक अस्पतालमा यी औषधिको प्रयोगले बिरामीमा सकारात्मक प्रभाव पनि देखिएको छ । प्रदेश १, २, ५ आदिमा यो प्रयोग भइरहेको छ,’ उनले भने ।
आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा। प्रकाश ज्ञवालीका अनुसार आयुर्वेदिक औषधिले कोभिड–१९ निको पार्छ भनेर ग्यारेन्टी गरिएको छैन । तर, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भने बढाउँछ । ‘राम्रोसँग जडीबुटी औषधिहरू प्रयोग गर्दा शरीरलाई फाइदा हुन्छ । भान्सामा सजिलै पाइने बेसार, मरीच, अदुवा, गुर्जो लाभदायक हुन् । सजिलैसँग त्रिकटु पाइने हुनाले यो औषधि सिफारिस गरिएको हो,’ उनले भने, ‘यो औषधि कोरोनाका बिरामीलाई सुरुवातदेखि नै चलाइराखिएको हो, अहिले वैज्ञानिक अभिलेखीकरणका लागि ट्रायल गर्न लागिएको हो ।’
राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्रका निर्देशक डा। रामआधार यादवले पनि कोभिड–१९ को उपचारका लागि प्रमाणित औषधि बनिनसकेको भए पनि आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने दाबी गरे । ‘हामीले आयुर्वेदिक अस्पतालमा हालसम्म ५ सय ७० जना संक्रमितको उपचार गरिसकेका छौं । जसमा ३ सय ५० जना निको भएर गइसकेका छन्,’ उनको दाबी थियो, ‘हामीले नियमित आयुर्वेदिक औषधिका साथै खानपान, योग तथा परामर्श पनि दिने गरेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ भदौ २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि
थप दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान् सङ्क्रमण
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
विश्वभर बढे कोरोना संक्रमित, सतर्कता अपनाउन आग्रह
चीनमा पुनः कोरोना : अक्टोबरमा २४ जनाको मृत्यु