मध्यरातमा तीनकुनेमा टिपरको ठक्करबाट चलचित्रकर्मीको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, ०८ : ५४
मध्यरातमा तीनकुनेमा टिपरको ठक्करबाट चलचित्रकर्मीको मृत्यु

काठमाडौं । टिपरको ठक्करबाट राजधानीमा एक चलचित्रकर्मीको मृत्यु भएको छ । गएराति राजधानीको तीनकुनेमा चलचित्र सम्पादकको भूमिकामा कार्यरत अनिल गौतमको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

भक्तपुर कौशलटार बस्ने ५५ वर्षीय गौतम चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश–३–०१–००३ क४५६३ नम्बरको टिपरले ठक्कर दिएको थियो । 

कोटेश्वरबाट एयरपोर्टतर्फ जाँदै गरेको टिपरले बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको गौतम सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस