धरानमा फेरि गयो कोरोना संक्रमितको ज्यान

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, ०७ : ३०
धरानमा फेरि गयो कोरोना संक्रमितको ज्यान

काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोराना संक्रमितको फेरि मृत्यु भएको छ । 

सुनसरीको झुम्का कारागारका ४३ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।  बिगत १ बर्षदेखि झुम्का  कारागार रहेका उनी १० दिन रहेको बताइएको छ ।  पछिल्लो समय खोकी र श्वासप्रश्वासमामा कठिन भएको जानकारी आएको प्रतिष्ठानका निदेश सापकोटाले जानकारी दिए । 

उनमा गत भदौ २६ गते नै कोरोना पुष्टि भएको थियो । हालसम्म धरानस्ति सो अस्पतालमा २४ को कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस