सिरहा । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर हिजो एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ । तत्काल सनाखत हुन नसकेको अन्दाजी २२ वर्षीया ती युवतीको शव दहको पानीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ भदौ २०७७, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु