सिरहा । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर हिजो एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ । तत्काल सनाखत हुन नसकेको अन्दाजी २२ वर्षीया ती युवतीको शव दहको पानीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ भदौ २०७७, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु