नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

सफल खबर संवाददाता

शुक्रबार, २६ भदौ २०७७, ११ : २९
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

फाईल तस्वीर

चितवन । नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे १० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो ।

बिहान ८ बजे  नारायणगढबाट ३१ दशमलव ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो ।

प्रतिक्रिया दिनुहोस