काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, १६ : ४०

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।