नेपालमा थप ५ जनाको मृत्यु, १२४६ जना संक्रमित थपिए, १८१८ जना निको भए

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, १६ : ३१
नेपालमा थप ५ जनाको मृत्यु, १२४६ जना संक्रमित थपिए, १८१८ जना निको भए

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३१७ पुगेको छ । यस्तै आज थप १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १८१८ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । जसमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन् ।