काठमाडौं उपत्यकाभित्र ट्याक्सी चलाउन दिने निर्णय

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, १९ : २६
काठमाडौं उपत्यकाभित्र ट्याक्सी चलाउन दिने निर्णय

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  

साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखि चलाउन सकिनेछ । यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडीओहरुको संयुक्र बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।

यसरी सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसान सुरक्षा जोरबिजोरका आधारमा सञ्चालन हन पाउने छन्। तर मालबाहक सवारी साधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।

प्रतिक्रिया दिनुहोस