काठमाडौं उपत्यकाकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, १६ : ५०

कठमाडौं । काठमाडौं उपत्यकाकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६  जनामा संक्रमण देखिएको हो ।