आज पनि थप ६ जनाको मृत्यु, १०८१ जना संक्रमित थपिए, ९१८ जना निको भए

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, १६ : ४१
आज पनि थप ६ जनाको मृत्यु, १०८१ जना संक्रमित थपिए, ९१८ जना निको भए

काठमाडौं । नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा महिला तीन जना र पुरुष तीन जना रहेका छन् । महिलाहरुमा काठमाडौंकी ८३, कास्कीकी ७३, बाँकेकी ८० वर्षीया रहेकी छन् भने पुरुषहरुमा काठमाडौंका ६७, अर्घाखाँचीका ४२, नवलपरासीका ६४ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३१२ पुगेको छ । यस्तै आज थप १०८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९१८ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । जसमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन् ।