एकैदिन १ हजार ८१ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, १६ : २६
एकैदिन १ हजार ८१ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । 

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै नेपालमा हालसम्म ४९ हजार २१९ जना कोरोनाबाट संक्रमित भएका छन् ।

यस्तै बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ ।  

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ ।