कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण

रासस

मंगलबार, २३ भदौ २०७७, १७ : १३
कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण नदेखिएको सचिवालयको भनाइ छ । कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस