आज नेपालमा थप ६ जनाको मृत्यु, ९०२ जना संक्रमित थपिए, २ हजार २८७ जना निको भए

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १६ : ३१
आज नेपालमा थप ६ जनाको मृत्यु, ९०२ जना संक्रमित थपिए, २ हजार २८७ जना निको भए

काठमाडौं । नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३०६ पुगेको छ । यस्तै आज थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार २८७ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । जसमध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किएका छन् ।