सहकर्मीलाई यौन शोषण गरेको आरोपमा लेखा अधिकृत पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १४ : ४८
सहकर्मीलाई यौन शोषण गरेको आरोपमा लेखा अधिकृत पक्राउ

सांकेतिक तस्विर

पोखरा । अस्पतालका दुई महिला सहकर्मीलाई धम्काएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत बामदेब सुवेदीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता सुभाष हमालले अधिकृत सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गिरफ्तार गरिएको प्रबक्ता हमालले बताए ।

लेखाअधिकृत सुवेदीले आँफुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाहि गरिपाउँ भनि अस्पतालकै एक महिला कर्मचारीले मजदुर युनियनमा निवेदन दिईएको बुझ्न आएको छ । ति पिडित कर्मचारीको उजुरी परेसँगै सुवेदीलाई अस्पताल प्रशासनले भाद्र्र १ं९ गते निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस