पाँच वर्षमा चार गुणा बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

पत्रपत्रिकाबाट

मंगलबार, २३ भदौ २०७७, ०८ : १०
पाँच वर्षमा चार गुणा बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

काठमाडौं । पछिल्लो ५ वर्षमा प्रतिपरिवार खपत हुने इन्टरनेट ब्यान्डविथ करिब ४ गुणा बढेको छ । नेपालमा औसत परिवारले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ ७ सय ५० केबीपीएस पुगेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) को तथ्यांक छ । 

नेपालमा आयात हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ र इन्टरनेटका घरायसी ग्राहकको अनुमातमा यो तथ्यांक निकालिएको हो । ब्यान्डविथ खपतसँगै एउटै घरमा इन्टरनेट प्रयोगका लागि उपयोग हुने डिभाइसको संख्या पनि बढेको छ । पाँच वर्षअघि एउटा घरमा इन्टरनेट प्रयोगका लागि औसत २ वटा डिभाइस प्रयोग हुने गरेकोमा हाल प्रयोग हुने डिभाइसको संख्या औसतमा ५ पुगेको आईस्पानको तथ्यांक छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार हाल ४० वटा इन्टरनेट सेवा प्रदायकका ११ लाख २९ हजार ग्राहक छन् । पछिल्लो जनगणनाअनुसार नेपालमा एक परिवारमा औसत ४।८ जना सदस्य रहने भएकाले एक घरमा जोडिएको इन्टरनेट करिब ५ जनाले प्रयोग गर्छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस