सडक दुर्घटनामा एकको मृत्यु

मंगलबार, २२ फागुन २०७४, ०९ : ३५
सडक दुर्घटनामा एकको मृत्यु

खजुरा, बाँके । बसको ठक्करबाट बाँके जिल्लामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कोहलपुर सडकखण्डअन्तर्गत मनिकापुर चोकमा लु १ ख ७३६९ नम्बरको बसले भे ५ प ९३४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कैलाली सुख्खडका ३४ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको हो ।

सोमबार अबेर राति बाटो काट्ने क्रममा भएको सो दुर्घटनामा खड्काको उपचारको क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस