काठमाडौं । निजामती दिवको अवसर पारेर सरकारले यस वर्ष ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गर्न छनौट गरेको छ । तर विगतका वर्ष झैं यस वर्ष पनि २ लाख राशिको प्रदान गरिने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि यसवर्ष पनि कर्मचारी छनौट भने सकेन् । यो पुरस्कार नपाएको यो लगातार चौथो वर्ष हो।
सरकारले निजामती कर्मचारी दिवसका अवसरमा आज सोमबार १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्दैछ। सरकारले हरेक वर्ष भदौ २२ गते निजामति कर्मचारी दिवस बनाउँदै आएको छ। निजामति सेवा नियमावली २०५० अनुसार निजामति सेवा पुरस्कारको व्यवस्था गरिएको छ। जसमा दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामति सेवा पुरस्कार दिइन्छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ३१ गते एक सूचना जारी गर्दै निजामति कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय तथा आयोगहरूलाई मातहतका कार्यालयका कर्मचारीहरूसमेत समेटिने गरी साउन १५ गतेभित्र आइपुग्ने गरी पठाउन भनेको थियो।
नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नामहरूमध्ये पुरस्कृत हुने निजामति कर्मचारीको नाम सिफारिस गर्ने गर्छ । जुन समितिमा कानुन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारले तोकेको नेपाल सरकारका कुनै सचिव (गृह मन्त्रालय) र अवकाशप्राप्त पूर्व मुख्यसचिव हुन्छन्।
एक जनाले मात्रै पाउने सर्वोत्कृष्ट कर्मचारी पुरस्कारका लागि सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ। सर्वोत्कृष्ट पुरस्कारका लागि कोही पनि छनौट नहुँदा देशभर कार्यरत झण्डै एक लाख कर्मचारीहरुमध्ये एक जना पनि सर्वोत्कृष्ट काम गर्ने कर्मचारी रहेनछन् त भन्ने प्रश्न उब्जिएको छ ।
छनोट भएकाहरुलाई सरकारले औपचारिक कार्यक्रम गरेरै पुरस्कृत गर्दथयो । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।
हेर्नुहोस् : निजामती सेवा दिवस २०७७ मा पुरस्कृत हुने कर्मचारीहरुको नामावली
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ भदौ २०७७, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज निजामती सेवा दिवस मनाइँदै
निजामती सेवा विधेयकबारे विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुने