मकवानपुर । घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ भदौ २०७७, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु