बागलुङ बाढी : अध्यक्ष प्रचण्ड स्तब्ध

रासस

विहीबार, १८ भदौ २०७७, २० : १३
बागलुङ बाढी : अध्यक्ष प्रचण्ड स्तब्ध

फाईल तस्वीर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन–९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट भएको जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ । 

पूर्वप्रधानमन्त्री दाहालले आज ट्वीटमार्फत सो घटनामा परी निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनसमेत प्रकट गर्नुभएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण उक्त खोलामा आएको बाढीले बगाउँदा १२ जनाको ज्यान गएको छ भने ४१ जना बेपत्ता भएका छन् । 

अध्यक्ष दाहालले बाढीमा बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रनिधि, सुरक्षा निकाय, समाजसेवीलगायत सबैमा आह्वान गर्नुभएको छ । उहाँले बाढीमा परी निधन, बेपत्ता तथा विस्थापित परिवारजनलाई उचित क्षतिपूर्ति र व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस