आजको मौसम : धेरै स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, ०७ : ४८
आजको मौसम : धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम सामान्यतया बदली भई धेरै स्थानमा  वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।  पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा पश्चिम सर्ने क्रममा छ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना मौसमविदले बताएका छन् । राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस