चितवनमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, ०७ : २०
चितवनमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ४८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २८५ सय वटा नमुनाको परीक्षणमा चितवनका २८  सहित ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै  ‎जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।