हटस्पट बनेको जिल्ला नियन्त्रण गर्नु सुझाव

रासस

मंगलबार, १६ भदौ २०७७, २० : ४४
हटस्पट बनेको जिल्ला नियन्त्रण गर्नु सुझाव

काठमाडौं । जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले  नियन्त्रण गर्नुपर्ने बताउनुभयो । 

मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित  छन् । आज एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ । 

“ती १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्क्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौँ ”, उहाँले भन्नुभयो ।  
जनस्वास्थ्यविद् डा तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले  सङ्क्रमण बढिरहेको छ ।

महिलामा आठ प्रतिशत र  वृद्धमा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ । परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको जनाइएको छ । डा तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने  पनि बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस