आजको मौसम : धेरै स्थानमा पानी पर्ने सम्भावना

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, ०८ : ३५
आजको मौसम : धेरै स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम पुर्वानूमान शाखाले मंगलबार देशभरको मौसम  सामान्यतया बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेकाले मनसुनी गतिविधि अघिल्ला दिनको भन्दा केही सक्रिय बनेको हो । अहिले देशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ ।

मौसमविदका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस