नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, १७ : ०७
नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको हो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको थियो । 

प्रतिक्रिया दिनुहोस