अब पीसीआर टेष्ट ४ हजार रुपैयाँमा

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, १६ : ५१
अब पीसीआर टेष्ट ४ हजार रुपैयाँमा

काठमाडौं । कोरोना भाइरसको पीसीआर परीक्षणको मूल्य घटाइएको छ । अब ४ हजार रुपैयाँमा पीसीआर टेष्ट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको छ ।

प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कको रुपमा थप ४०० रुपैयाँ थपेर ४४०० सय लिन पाउनेछन् । यसअघि मन्त्रालयले पीसीआर टेष्टको शुल्क ५५०० रुपैयाँ थियो । 

प्रतिक्रिया दिनुहोस