आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, ०७ : ३१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  देशभरको मौसम सोमबार सामान्यतया बदली भइ केही स्थानमा पानी पर्ने जनाएको छ । हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का बर्षा भएको छ । अन्य भू–भमगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली रहेको र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने मौसमविदले बताएका छन् । सोही कारण मौसमी गतिविधि केही कमजोर देखिएको छ ।

मौसमविदका अनुसार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस