चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, १५ : २१

चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन भरतपुर ११ निवासी ५२ वर्षका पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । 

अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार ती पुरुष भदौ ४ गते निमोनिया र उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका थिए । उनको भदौ ७ गतेको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस